मझगाउँ विमास्थल जग्गा प्राप्तिका लागि रमेश लेखक सक्रिय

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित पुर्ननिर्माण भइरहेको मझगाउँ विमानस्थल स्तरोन्नतीका लागि रक्षामन्त्री हरि उप्रेती र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहितको टोलीबिच बुधबार काठमाडौंमा छलफल भएको छ ।

निर्माणाधीन मझगाउँ विमानस्थलका लागि दक्षिणतर्फ रहेको नेपाली सेनाको केही भाग जग्गा आवश्यक पर्ने भएकाले सोका लागि सहजीकरण गरिदिन प्रमुख सचेतक लेखकले मन्त्री उप्रेतीलाई ज्ञापन बुझाएका हुन ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं। ३ बाट निर्वाचित सांसद समेत रहनुभएका लेखकको टोलीमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी र बेदकोट नगरपालिकाका नगरप्रमखु भोजराज बोहराको सहभागिता रहेको थियो ।
लेखकका स्वकीय सचिब जनक भट्टले मन्त्री उप्रेती र प्रधानसेनापति प्रभुराम शर्मासहितको उच्च स्तरमा मझगाउँ विमास्थलका लागि थप जग्गा प्राप्तीका विषयमा छलफल सकरात्मक भएको बताए ।

“ मन्त्री र प्रधानमसेनापति ज्यूबाट विमानस्थल सम्वन्धमा सकरात्मक धारणा आएको छ ।” भट्टले भने–“ यो प्रक्रियागत अल्झन फुकाउन नेता लेखक सक्रिय हुनुहन्छ ।”केही समयअघि स्थानीयहरुले विमानस्थलका लागि मझगाउँस्थित रत्न वाटिका खाली गराएका थिए ।

विमानस्थललाई जग्गाको स्वामित्व प्राप्त गर्नुअघि यहाँ वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) का लागि पहल थालिएको लामो समय बितिसक्दा पनि उक्त कार्यको पुरा नहुँदा निर्माणमा बाधा पुगेको छ ।

विमानस्थलको दक्षिणतर्फ रहेको रत्न वाटिका र नेपाली सेनाको केही भू–भाग विमनस्थल स्तरोन्नतीमा मासिन जान्छ । रु ४५ करोडको ठेक्का दिइएको विमानस्थलको पुर्ननिर्माण ३६ प्रतिशत सकिसकेको छ ।

भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो ।

नेपाली सेनाले आफ्नो जग्गा र विमानस्थलमा पर्ने केही भौतिक संरचना अन्यत्र उपलब्ध गराइदिन आशय व्यक्त गरेको छ ।

Loading...