२ दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु, मृतकका बुबा नन्दसिंह बेपत्ता

बैतडी : बैतडीको पुच्र्यौडी नगरपालिका–४ भोडरका २ दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ । बुबा-आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजुदरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शङ्कास्पद मृत्यु भएको नन्दका मावलीतर्फका काका जीवन धामीले जानकारी दिनुभयो ।

“दुवै दाजुबहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अपवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्”, धामीले भन्नुभयो, “दुवैको शरीर चोटपटक देखिन्छ ।” बुबाआमाको आग्रहमा शिरिष्मा १ महिनाअघि र विक्रम करिब छ महिनाअघि मात्रै भारत गएका थिए । मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको उहाँको भनाइ छ ।

घटनापछि मृतकका बुबा नन्दसिंह बेपत्ता रहेको बताइएको छ । “सोमबार नै आफन्तको जिम्मा लगाएर शव दाहसंस्कार गर्ने योजना थियो”, धामीले भन्नुभयोे, “तर अझै शव अस्पतालमै छ ।” मृतकका आफन्तले भने घटनाको छानबिनको माग गरिरहेका छन् ।

Loading...