सहकारी बचतकर्ताको २ सय अर्ब रुपैयाँ भन्दा बढी अपचलन

काठमाडौं । मुलुकभरिका ठूला सहकारी संस्थाहरूले मात्रै सर्वसाधारण बचतकर्ताको २ सय अर्ब (२ खर्ब) रुपैयाँ भन्दा बढी अपचलन गरेको तथ्य भेटिएको छ । अनलाइनखबरले १ वर्षदेखि गरेको रिपोर्टिङ तथा सहकारीसँग सम्बन्धित विभिन्न स्रोतबाट संकलित तथ्यांक तथा सूचना विश्लेषण गर्दा ठूला सहकारीले मात्रै अपचलन गरेको रकम कम्तीमा २ खर्ब रुपैयाँ बराबर रहेको तथ्य भेटिएको हो ।

हाल मुलुकभरिका सहकारी संस्थामा कुल ४ खर्ब ७८ अर्ब रुपैयाँ बचत रहेको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८० ले उल्लेख गरेको छ । यस हिसाबले सहकारी संस्थाहरूबाट सर्वसाधारणले फिर्ता नपाएको रकम कुल बचतको करिब ४२ प्रतिशत हो । हाल ३१ हजार ३ सय ७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको बचत केही सीमित सहकारीका सञ्चालकहरूले अपचलन गरेका हुन् ।

सहकारी संस्थाहरूबाट अपचलन भएको २ खर्बभन्दा बढी रकममध्ये करिब १ खर्ब ६० अर्ब रुपैयाँ ५४ ठूला सहकारीले नै अपचलन गरेको देखिन्छ ।

सहकारी संस्थाहरूबाट अपचलन भएको २ खर्बभन्दा बढी रकममध्ये करिब १ खर्ब ६० अर्ब रुपैयाँ ५४ ठूला सहकारी संस्थाले अपचलन गरेको देखिन्छ । सबैभन्दा धेरै अपचलन जीबी राई समूहबाट भएको छ ।

 

मुलुकभरिका ठूला सहकारी संस्थाहरूले मात्रै सर्वसाधारण बचतकर्ताको २ सय अर्ब (२ खर्ब) रुपैयाँ भन्दा बढी अपचलन गरेको तथ्य यसप्रकार छ ।

Loading...