बाजुरा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराको अध्यक्षमा लालबहादुर ओली विजयी हुनुभएको छ ।
नयाँ नेतृत्वका लागि भएको मतदान ओलीले २१८ मत प्राप्त गर्दा प्रत्यासी भरतबहादुर थापाले २०३ मत पाउनुभयो ।

उपाध्यक्षमा निर्वाचित जनककुमार बोहराले दुई सय ७४ मत प्राप्त गर्दा प्रत्यासी मेघराज शाहीले एक सय २० मत पाउनुभयो ।
सचिवमा विजयी काशीबहादुर विकले २४१ पाउँदा प्रत्यासी जनक विष्टले १७१ मत पाउनुभयो । साथै उपसचिव (खुला)मा विजयी हरिबहादुर रोकायाले २७७ प्राप्त गर्दा प्रत्यासी मानबहादुर रोकायाले ११५ मत तथा उपसचिव (महिला)मा विजयी राजकला सार्कीले २७७ मत पाउँदा प्रत्यासी कल्पना महतले १२६ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत तुलाबहादुर थापाले जानकारी दिनुभएको छ ।
यही जेठ १ गतेबाट सुरु भएको आठौँ अधिवेशनमा ४३९ जना प्रतिनिधि हुनुहुन्थ्यो । जसमा ४२५ मत खसेको थियो ।