सुदूरपश्चिम प्रदेशमा २ मन्त्रालयसहित सरकारमा जाने माओवादीको तयारी

धनगढी : सुदूरपश्चिममा माओवादी केन्द्रले २ मन्त्रालयसहित सरकारमा जाने तयारी गरिरहेको जनाएको छ। माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले १-२ दिनभित्र प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिए।

सुदूरपश्चिम प्रदेश सभामा अहिले माओवादीका सभामुख सहित ११ सासंद छन्। त्यस्तै नेकपा (एमाले)का पनि उपसभामुख सहित ११ जना सासंद छन्।

NAVJEEVAN

सभामुख तटस्थ पद मानिने भएकाले (एमाले) अहिले संसदको दोस्रो ठूलो दल बनेको छ। दोस्रो ठूलो दलको हैसियतले उसले माओवादी भन्दा बढी मन्त्रालय पाउनुपर्ने माग गरिरहेको जनाइएको छ।

संसदीय दलका नेता धामी भने संसदमा अहिले नेकपा (एमाले) र माओवादीको हैसियत एउटै रहेको बताउँछन्। त्यसैले उनले सरकारमा पनि एमाले र माओवादीले २/२ मन्त्रालयसहित सहभागी हुने बताए।उनका अनुसार माओवादीबाट को–को मन्त्री हुने भन्ने विषयमा भने यकिन भएको छैन। यस विषयमा अहिले छलफलमै रहेको धामीले बताए।

सत्तागठबन्धन दलहरू प्रदेश सरकारमा भागबन्डा मिलाउन भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाउने समेत तयारीमा छन्।

अहिले सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्रीसहित नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् भने उन्मुक्तिकै टिका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेकी छिन्।

Loading...