प्रतिनिधिसभाको बैठक नै नबसी ६ गते सम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधि सभाको बैठक ६ गते सम्म स्थगित भएको छ। आज बिहान ११ बजे बस्ने गरी बोलाएको बैठक नै नबसी आइतबार सम्मको लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ।

NAVJEEVAN

हिजो बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेल भएपछि आज ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, दलहरुबीच कुरा नमिल्दा बैठक बस्न नसके सभामुखको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विपक्षी दलका नेताहरूसँग संवाद गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । सभामुखले आगामी बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास जनाएको बताइएको छ ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ ।
सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छलफलको लागि आज बालुवाटार बोलाएका छन् । त्यसअघि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेले छलफल गरेका थिए ।
Loading...