कांग्रेसलाई प्रधानमन्त्री दाहालको आग्रह : गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुस् संसदीय समिति गठन गर्नेछौँ

 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन् । त्यसपछि समिति गठन गर्ने उनको आश्वासन छ ।

बिहान सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेसँग बालुवाटारमा कुराकानी गरेपछि प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरूलाई उक्त सन्देश पठाएका छन्।

सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । आज पनि ४ बजे संसद् बैठक छ ।

“तर समिति गठन नभएसम्म बैठक चल्न नदिने कांग्रेस अडानमा छ ।”

प्रधानमन्त्री ‘प्रचण्ड’ले समिति गठन गर्न आफूहरू तयार रहेको भन्दै गृहमन्त्रीलाई बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन् ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीजीले समिति बनाउँछौं, गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिनुस् भन्नु भएको छ ।’ सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) भने अहिलेसम्म समिति गठनको विपक्षमा देखिएकाले के गर्ने भन्ने छलफलमा कांग्रेस छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीजीले समिति बनाउँछौं, गृहमन्त्रीलाई बोल्न दिनुस् भन्नु भएको छ । ्सहकारी प्रकरणमा संसदीय समिति बनाउने भए गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिन कांग्रेस लचिलो देखिएको छ।

Loading...