सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत पाए , कांग्रेस, नाउपा रेशम पक्ष र राप्रपाका सांसद बहिष्कार

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ मत पाए । विपक्षमा शून्य मत पर्‍यो ।

वैशाख ६ गते संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका सोडारीले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।

NAVJEEVAN

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिए। “विश्वासको मत दिए पनि एमाले तत्काल प्रदेश सरकार सहभागी नहुने उनले बताए।”

‘केन्द्रबाट अर्को निर्देशन नआउञ्जेलसम्म एमाले प्रदेश सरकारमा सहभागी हुने छैन,’ प्रमुख सचेतक पालले भने।

कांग्रेस, नाउपा रेशम पक्ष र राप्रपाका सांसद भने, विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नभई बहिष्कार गरेर हिँडेका थिए ।

नेकपा एसका सोडारीलाई एमाले, माओवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।

Loading...