कञ्चनपुरमा प्रहरी टोलीमाथि तस्करले गोली चलाए, १५६ किलोग्राम चित्तलको मासु बरामद

कञ्चनपुर : कञ्चनपुरको जिल्लाको कृष्णपुर नगरपालिका–९ को जानकी सामुदायिक वनमा जङ्गली जनावरको चोरी तस्करी नियन्त्रणमा खटिएको प्रहरी टोलीमाथि  तस्करले  एक राउन्ड गोली चलाएको तर, प्रहरीलाई कुनै शारीरिक क्षति नभाको कञ्चनपुर प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार चार वटा चित्तलको मासु, एक मोटरसाइकल र चाकु प्रहरीले बरामद गरेको छ।

NAVJEEVAN

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको सादा पोसाकको प्रहरी टोली तस्करहरूको समूहलाई नियन्त्रण गर्न पुगेको थियो। तर, तस्करहरूको समूह फरार भएको छ । दर्जनैाको  सङ्ख्यामा रहेका तस्करहरू मोटरसाइकलमा भागेर फरार भएका छन् । प्रहरीले उनीहरूको १ से १ प ४१११ नम्बरको मोटरसाइकल भने नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले चित्तलका ४ टाउकासहित १५६ किलोग्राम मासु बरामद गरेको हो।

कञ्चनपुरको जिल्लाको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चित्तलको सिकार गरिएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रहरीले थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय, कञ्चनपुरलाई भनेको छ ।

Loading...