प्रतिनिधि सभा बैठक बस्दै, गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समितिको माग गर्दै: नेपाली काँग्रेस

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।सभा बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको छ । आजको बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ ।

त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबुल गरिने र राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची छ।

आजकै बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक समितिको प्रतिवेदन २०८०’पेस गर्ने कार्यसूची छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश गर्ने कार्यसूची छ।

उनैले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रतिनिधि सभा बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै संसद् अवरोध गरिरहेको छ । संसद्को अवरोध खोल्ने विषयमा पटक-पटक छलफल भएपनि अहिलेसम्म ठोस सहमतिमा भने पुगेको छैन ।

बुधबार (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले आजको बैठकमा गृहमन्त्रीले बोल्न पाउनुपर्ने बताएका थिए । उनले गृहमन्त्रीलाई संसदमा बोल्न नदिए (एमाले)ले त्यसको प्रतिवाद गर्ने समेत बताएका थिए।

Loading...