प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

सत्तापक्ष दलका तीन शीर्ष नेताबीच छलफल भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको हो।

भोलिको संसद वैठक र संसदीय छानबिन समितिबारे तीन नेताबीच छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाको बैठक भोलि ११ बजे बस्नेगरी बोलाइएको छ।

 

Loading...