नेकपा (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी

तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी हुनुभएको छ । मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार २९२ मत प्राप्त गरी उहाँ विजयी हुनुभएको हो ।

NAVJEEVAN

सिग्देलले २०४ मत ल्याउँदा कँडेलले २९२ मत प्राप्त गरेका निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिए । यसैगरी, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल, उपसचिव महिलामा सुनिता नेपाली विजयी हुनुभएको छ ।

अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र ५ सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ । ५८५ मतदातामध्ये ५६० जनाले मतदान गरेका थिए ।

Loading...