सन्दीप लामिछानेको भाग्यफैसला उच्च अदालतले आजै सुनाउने

काठमाडौं । जिल्ला अदालतले दोषी ठहर गरेपछि उच्च पुगेका सन्दीपले मुद्दामा सफाइ पाएको खण्डमा विश्वकपमा सहभागी हुने अवसर बाँकी छ । क्रिकेटप्रेमीहरुले सन्दीपको मुद्दाको यथाशीघ्र फैसला गरेर उनलाई विश्वकप क्रिकेटमा खेल्ने वातावरण बनाउन प्रदर्शन र सामाजिक सञ्जालमार्फत दबाब दिँदै आएका छन् ।

न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए ।

उच्च अदालतमा विचाराधीन क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज छिनोफानो हुने विन्दुमा पुगेको छ । कुनै ठुलो फेरबदल नभए न्यायाधीशले आजै फैसला सुनाउनेछन् ।

मुद्दामा हिजो दिनभरि बहस भएको थियो । दुवैतर्फका वकिलहरूको बोल्ने क्रम नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । सोही इजलासले आज सुनवाइलाई निरन्तरता दिने छ ।

सन्दीपको तर्फबाट दुईजना र गौशला २६ को तर्फबाट ४ जनाले आज बहस गर्नेछन्। त्यसपछि दुवैतर्फबाट जवाफी बहस पनि हुनेछ । त्यसपछि न्यायाधीशद्वय शुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालले फैसला सुनाउनेछन् ।

यो मुद्दाको फैसला सन्दीपकालागि भाग्यपफैसलाकै रूपमा रहेको छ । निर्दोष सावित भएमा उनी तत्काल क्रिकेटमा फर्कन सक्नेछन् र टी २० विश्वकप खेल्ने ढोकासमेत खुल्नेछ । अन्यथा क्रिकेटर सन्दीप लामिछानेको करियर नै जोखिममा पर्ने छ ।

Loading...