सुदूरपश्चिममा १९३ कर्मचारी र पदाधिकारीले किन लुकाए सम्पत्ति विवरण?

धनगढी : सुदूरपश्चिममा १९३ कर्मचारी र पदाधिकारीले किन लुकाए सम्पत्ति विवरण? आफ्नो सम्पत्ति विवरण पेस नगर्ने कर्मचारी र पदाधिकारीको संख्या उच्च देखिएको छ।

सार्वजनिक पदमा बसेका कर्मचारी एवं पदाधिकारीले नै आफ्नो सम्पत्ति विवरण लुकाउने गरेका छन्। सुदूरपश्चिममा मात्रै एक सय ९३ कर्मचारी र पदाधिकारीले आफ्नो सम्पत्ति विवरण लुकाएका हुन्। सुदूरपश्चिम प्रदेश तहमा सार्वजनिक पद धारणा गरेका २१ जनाले आफ्नो सम्पत्ति विवरण लुकाएका छन्।

प्रदेश तहका दुई हजार दुई सय ९५ कर्मचारी र पदाधिकारीले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् भने २१ कर्मचारी एवं पदाधिरीले आफ्नो सम्पत्ति विवरण लुकाएका छन्। राष्ट्रिय सतर्कता केन्द्रले सोमबार गत आर्थिक वर्षमा सम्पत्ति नबुझाएका व्यक्तिहरुको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउँदै आवश्यक कारबाहीका लागि सिफारिस गरेको छ

सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ (ग) तथा राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ को नियम ९ र १० अनुसार सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ।

Loading...