त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५ केजी सुनसहित २ जना भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५ केजी सुनसहित २ जना पक्राउ परेका छन् । सोमबार फ्लाइ दुबईको फलाइटबाट काठमाडौं आएका २ भारतीय नागरिक ५ केजी सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहन कुमार गणेशन रहेका छन् । उनीहरु दुबईबाट त्रिभुवन विमानस्थल आएका थिए । सुराकीले दिएको विशेष सुराकीको आधारमा उनीहरुलाई विमानस्थलको वेलकम गेट (स्वागतद्वार) नजिक आइसकेका उनीहरुलाई विमानस्थल प्रहरीले सोमबार बेलुका नियन्त्रणमा लिएको हो ।

उनीहरुले कपडामा सुनको लेप लगाएका ल्याएका थिए । चेकजाँच गर्दा मोहन कुमार गणेशनले लगाएर आाएको कालो रङको टि-सर्ट, निलो रङको जिन्स पाईन्ट र निलो रंगको भित्री वस्‍त्र (अण्डरवेयर) को तौल २५०० ग्राम र सुरेश कुमारले लगाएर आएको सेतो रङको टि-सर्ट, कालो रङको जिन्स पाईन्ट र निलो रंगको भित्री वस्‍त्र (अण्डरवेयर) को तौल २५०० ग्राम अस्वभाविक देखिएको थियो । कपडाबाट सुन निकालेर जोखेपछि सुनको वास्तविक परिणाम आउने छ ।

एक्सरे मेसिनमा स्क्यानिङ गरेर हेर्दा अरु कपडाको भन्दा फरक किसिमको आकृती देखिएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिए । उक्त कपडाहरुलाई च्याति हेर्दा सुन लेपन र पेष्‍ट गरिएको पाइएको थियो ।

उनीहरुमाथिआवश्‍यक कानूनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको कार्यालयले जनाएको छ ।

Loading...