सभामुख र राष्ट्रिय सभा अध्यक्षबीच छलफल

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच छलफल भएको छ। उनीहरूबीच सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार दिउँसो कुराकानी भएको हो।

सरकारको नीति तथा कार्यक्रम तयारीलगायतका विषयमा सभामुख र राष्ट्रिय सभा अध्यक्षबीच कुराकानी भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा सरकारले संसदीय छानबिन समिति गठन नगरे मंगलबारको बैठक पनि अवरोध गर्ने बताएको छ।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको अडान राखिरहेको छ।

Loading...