पहिलो बाढीमै जलमग्न बुटवल, दजनौं उद्योगी व्यवसायी, घरधनी तथा विभिन्न व्यवसायी संस्थाले नसोचेको क्षति

शनिबार मध्यरातमा परेको यो वर्षको पहिलो वर्षामै बुटवल जलमग्न भाको छ, बुटवल क्षेत्रका दजनौं उद्योगी व्यवसायी, घरधनी तथा विभिन्न व्यवसायी संस्थाले नसोचेको क्षति व्यहोर्नुपर्यो । साँघुरिँदै गएका नाली र घोलाहरु अनि त्यसमाथि बनाइएका पक्की संरचनाले यसरी आउने बाढीको बाटो छेके स्थानीयवासीहरुको भनाई छ।

मनसुन सुरु नहुँदै परेको भारी वर्षाले रूपन्देहीको बुटवल क्षेत्र डुबानमा परेको छ ।

पहिलो वर्षामै भएको यति ठूलो क्षतिबारे ध्यान नदिए यो अवस्था पुनः दोहोरिनसक्ने चिन्ता धेरैले गरेका छन् तर आफ्नो जिम्मेवारी के हुने भन्ने विषयमा कोही प्रष्ट छैनन् । वर्षाको मुख्य समय आउन अझै बाँकी छ । बुटवल वासीहरुको भनाई छ।

अधिकांश स्थानीयको नदी, कल्भर्ट तथा ढल निकासलाई समयमै ख्याल नगर्दा नाली, कल्भर्ट थुनिएको कारण यसकै विकल्प खोजेर सतर्कता अपनाउन उनीहरुको सुझाव छ ।

बुटवलको मुख्य बजार क्षेत्रका पसल, विद्यालय, सरकारी कार्यालय, बजार क्षेत्रका घरका पहिलो तला जलमग्न भए । हिलो र नालीको फोहोरले बजार दुर्गन्धित भएको छ । जताततै हिलाम्य हुँदा हिँड्डुल गर्नसमेत मुस्किल भएको छ । कतिपय विद्यालयले पढाइ नै बन्द गरेको स्थानीय जानकारी दिएका छन।

बाढीले मुख्य बजार क्षेत्र, घर र उद्योगमा लाखौंको क्षति पुराएको छ । हरेक घर पसल र उद्योगमा भएको क्षति कसरी मापन गर्न नै समस्या छ तर हरेक पसल, उद्योग डुबेर भएको क्षति निकै धेरै छ ।

वातावरण विज्ञ युवराज कंडेलले आफूले कुलो, घोला, नहर, खोला मिच्ने अनि आफ्नो भन्दा तलतिरकाले बहावमार्ग मिचेर भौतिक संरचना निर्माण गर्दा टुलुटुलु हेरेर बस्दाको परिणाम बुटवलले भोग्नुपरेको बताउँदै प्रकृतिमाथिको दोहनले नसोचेको क्षति पुराउने जनाएका छन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मध्यरातमा आएको बाढीले बुटवललाई सतर्क रहन संकेत गरेको बताउँदै अहिलेको अवस्थाको सबै अध्ययन भइरहेको र अबको योजना बनाउने पनि काम भइरहेको बताए ।

लामो समयदेखि टोलविकास संस्थाहरुले प्लास्टिकजन्य वस्तु जथाभावी नफाली नालाहरुमा नियमित सरसफाई अभियान चलाएको भए यस्तो क्षति नहुने भन्दै अब सर्तक रहनुपर्ने उनले बताए ।

Loading...