कोशीका मुख्यमन्त्री हिक्मत कार्की आज विश्वासको मत लिने तयारी

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई केन्द्रीय सत्ता गठबन्धनमा रहेका सबै दलले विश्वासको मत दिने भएका छन् । नेकपा (एमाले) र नेकपा माओवादीका प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई एकीकृत समाजवादी र जसपाले समेत मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने भएका छन् ।

कोशी प्रदेश नयाँ सरकार गठनको प्रक्रियामा सामेल नगराइएको भन्दै असन्तुष्ट रहेका एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले मुख्यमन्त्री कार्कीलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताए ।

यस्तै, जसपा नेपाले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने बताएका छ । प्रदेश सभा सदस्यमा एक सिट रहेको जनता समाजवादी नेपालकी निर्मला लिम्बुले आफू पार्टीको बफादार सिपाही भएकाले पार्टीको निर्देशन अनुसार विश्वासको मत दिने बताइन् ।

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् । नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कार्की वैशाख २७ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेशसभामा एमालेका उप सभामुख सहित ४०, काँग्रेसका २९, माओवादीका १३, सभामुख सहित राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपा नेपालको १ सांसद रहेका छन् ।

 

Loading...