संसदको अवरोध हटाउनेबारे सभामुख र प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेले आज बिहान प्रधानमन्त्री देवराज घिमिरेसँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गरेका छन् । उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल भयो ।

प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिए । उनले सत्ता घटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आज साँझसम्म निष्कर्षमा पुगिने उल्लेख गरे ।

प्रधानमन्त्रीले आफू चितवनबाट फर्के लगत्तै संवाद सुरु गर्ने बताए । उनले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका थिए ।

सभामुखले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग हिजो छलफल गरेका थिए । उनले नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिएका थिए ।

सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर सदनको अवरोध हटाउनको लागि सहयोग गर्न आग्रह गरेका छन् । उनले अबरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको र समयमै बजेट पारित गर्न नसकिने जोखिम रहेकाले सहयोग गर्न आग्रह समेत गरेका छन् ।

 

Loading...