नेकपा माओवादी केन्द्रले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
मधेश सरकारबाट आइतबार नै राजीनामा दिएका माओवादी नेताहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेललाई बुझाएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा समर्थन फिर्ताको पत्र बुझाउनुअघि दुबै मन्त्रीले मुख्यमन्त्री सरोजकुमार लाई भेटेर राजीनामा बुझाएका थिए ।