३३ करोडमा बनाइएका ११ भ्युटावर उपयोगविहीन

बागमतीमा झण्डै ३३ करोडमा बनाइएका ११ भ्युटावर उपयोगविहीन अवस्थामा रहेका छन् । 

बागमती प्रदेशमा करोडौं लगानीमा बनाइएका ११ वटा भ्युटावर अलपत्र बनेका छन् । २०७६ सालदेखि बनाउन सुरु गरिएका ती भ्युटावर बनाउनमा मात्रै राज्यकोषबाट करिब ३३ करोड खर्च भएको छ ।

NAVJEEVAN

प्रदेशका १३ जिल्लामध्ये मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, चितवन, रामेछाप, सिन्धुली, धादिङ र दोलखामा कुल ३२ करोड ८४ लाख ३ हजार ३ सय ३९ रुपैयाँ बजेटबाट ११ वटा भ्युटावर बनाइएको छ । तर, हचुवाको भरमा अग्ला डाँडामा बनाइएका ती सबै टावर अहिले उपयोगविहीन छन् ।

प्रदेशको लगानीमा निर्माण भएका पर्यटन पूर्वाधारलाई आफैं सञ्चालन वा स्थानीय तहलाई हस्तान्तरण गर्न वा निजी क्षेत्रलाई भाडामा दिन सक्ने प्रावधान छ । तर, अहिलेसम्म मन्त्रालयले भ्युटावर आफैं सञ्चालन गर्न सकेको छैन भने स्थानीय तहलाई पनि हस्तान्तरण गरेको छैन ।

Loading...