कैलालीबाट सालकको खपटासहित दुई जना पक्राउ

धनगढी ।कैलालीमा सालकको अखेटोपहार खपटासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको जोशीपुर गाउँपालिका–४ बस्ने ३२ वर्षीय प्रेम चौधरी र कैलाली भजनी नगरपालिका–८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी रहेका छन्।

NAVJEEVAN

उनीहरूलाई आज (बिहीबार) नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायव निरीक्षक सुशील चन्दको कमाण्डमा खटिएको टोलीले बर्दगोरिया गाउँपालिका–६ मुढाबाट संरक्षित वन्यजन्तु सालकको अखेटोपहार खपटासहित पक्राउ गरेको हो।

उनीहरूको साथबाट १० केजी सालकको खपटा र एउटा मोटरसाइकल समेत बरामद गरिएको छ। थप अनुसन्धानका लागि ईप्रका सुख्खड कैलालीलाई जिम्मा लगाइएको छ।
प्रदेश प्रहरी कार्यालयले पछिल्लो समय वन्यजन्तुको ओखेटोपहार तस्करीलाई लक्षित गरेर अप्रेशन चलाएको छ । यसअघि गत पुसमा पनि कैलालीको चुरेबाट संरक्षित वन्यजन्तु कस्तुरीको बिनासहित एक जनालाई पक्राउ गरेको थियो ।

 

Loading...