ओलिको प्रश्न राष्ट्रपतिको आवाज हो कि होइन ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको सल्लाहकारमाथि प्रश्न उठाएका छन् । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयबारे राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको उनले बताए । नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने निर्णय गरेपछि नेपालले त्यसविरुद्धको अभिव्यक्ति दिएका थिए ।

एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा ओलीले यो विषयलाई संसदमा गम्भीर रुपमा उठाउने बताए । ‘राष्ट्रपतिजीले सुन्नु भएको छ कि छैन ? छैन भन्ने यही भनाइबाट सुन्नुस्’ राष्ट्रपतिको विज्ञ सल्लाहकार राष्ट्रपतिको बोली बोल्न राखिने भन्दै उनले भने, ‘राष्ट्रपतिजी के भन्नुहुन्छ ? राष्ट्रपतिको आवाज हो कि होइन ? हामी सोध्न चाहन्छौं ।’

‘नेपाल सरकारले आफ्नो भूभाग समेटेर नक्सा जारी गर्यो, नेपालको नोट हाम्रो नोट हो । धरौटी धितो राखेर छाप्छौं,’ ओलीले भने ।

 

Loading...