नेपालले पाएन टेस्ट टीम, अमेरिका र क्यानडासँग खेल्ने

नेपालले टी-२० विश्वकपको आधिकारिक प्रतियोगिता अगाडिको वार्मअप खेलमा बलिया टीमसँग भिड्नबाट वञ्चित बनेको छ ।

कम्तीमा एउटा टेस्ट राष्ट्रसँग वार्मअप खेल्न पाउने आशालाई आईसीसीले तुषारापात गरिदिएको हो । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टीमले दुईवटा वार्मअप आयोजक अमेरिका र क्यानडासँग खेल्ने निधो भएको छ । दुवै वार्मअप म्याच अमेरिकामा २६ र २८ तारिखमा हुनेछन् । यद्यपि, आइसीसीले आधिकारिक रूपमा सेड्यूल सार्वजनिक गरिसकेको छैन ।

NAVJEEVAN

नेपालले विश्वकपको पहिलो खेल भने नेदरल्यान्ड्सविरुद्ध जुन ४ तारिखमा अमेरिकाको डाल्लासमा खेल्नेछ । दोस्रो खेल अमेरिकाकै फ्लोरिडामा ११ जुनमा श्रीलंकाविरुद्ध खेल्ने तालिका छ । नेपालका बाँकी दुई खेल वेस्ट इन्डिजमा छन् । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा साउथ अफ्रिका विरुद्ध १४ तारिखमा म्याच छ भने समूह चरणको आफ्नो अन्तिम खेल बंगलादेशविरुद्ध १६ तारिखमा सोही मैदानमा खेल्ने तालिका रहेको छ ।

Loading...