राष्ट्रपतिले युरोप भ्रमण रद्द गर्दा ५५ लाखको टिकट खेर गयो

NAVJEEVAN

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको रद्द भएको युरोप भ्रमणको लागि ५५ लाख २२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

कार्यक्रम रद्द भए पनि टिकट बुकिङ गरिसकेकाले अर्थ मन्त्रालयले सो रकम भुक्तानी गर्नुपरेको हो ।

राष्ट्रपति पौडेलले एक प्रतिनिधिमण्डल लिएर फ्रान्सको पेरिस पीस फोरम, जर्मनी र इटालीको भ्रमणमा जाने तयारी गरेका थिए ।

२०८० कात्तिक २२ देखि १० दिन युरोप घुम्ने उनको निर्धारित कार्यक्रम थियो । त्यसका लागि टिकटसमेत बुक भइसकेको थियो । तर, गत कात्तिक १७ गते जाजरकोटमा भूकम्प गएपछि राष्ट्रपतिले भ्रमण रद्द गरेका थिए ।

भ्रमण कार्यक्रम रद्द भए पनि टिकटको पैसा भने रिफन्ड नहुने भएकाले अर्थ मन्त्रालयले ५५ लाख २२ हजार भुक्तानी गरेको हो ।

 

Loading...