आगामी सातासम्म पानी पर्ने सम्भावना

धनगढ़ी। आगामी आइतबारसम्मै पानी पर्ने सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् ।

शुक्रबार भने हिजो र आजको तुलनामा कम पानी पर्ने सम्भावना छ । तर शनिबार र आइतबार भने धेरै ठाउँमा पानी पर्ने प्रक्षेपण छ ।

NAVJEEVAN

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारत बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेको छ । यी सबैको संयुक्त प्रभावले बादल लाग्ने र पानी पर्ने भएको हो । आज बिहानपख पनि कोशी प्रदेशमा हल्का र काठमाडौंमा छिटपुट वर्षा भएको थियो । महाशाखाले जारी गरेको बुलेटिनमा आज कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज दिउँसो नेपालको पूर्वी भागमा पानी पर्ने सम्भावना छ । भोलि शुक्रबार पूर्वी भागमा आंशिक बदली हुने र दिउँसो पानी पर्ने सम्भावना छ । तर शनिबार र आइतबार भने अधिक वर्षाको सम्भावना रहेको पोखरेलको प्रक्षेपण छ ।

Loading...