लागु औषध कारोबारी नियन्त्रणमा लिन बाँके प्रहरीले चलायो गोली

लागुऔषध कारोबारी नियन्त्रणमा लिन बाँके प्रहरीले कोहलपुरमा गोली चलाएको छ । प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो ।

कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियार र २७ वर्षीय प्रमोद कार्कीलाई गोली प्रहार गरी पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ ।

Loading...