राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफूविरुद्ध कुनै उजुरीसमेत नपरेको संसदीय छानबिन समिति बनाउन तयार नभएको बताएका छन् ।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठकपछि बोल्दै अदालतले भ्रष्टाचार गरेको प्रमाणित भएका व्यक्ति सदनमा ल्याउन पार्टीले आफूविरुद्ध प्रश्न उठाएको टिप्पणी गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने, ‘अदालतले भ्रष्टाचार गरेको प्रमाणित गरेको मान्छे सदनमा आउने अनि कुनै उजुरी नै नपरेको मान्छेको नाममा समिति बनाउनुपर्ने यही हो नजिर ‘। उनले कतै उजुरी नै नपरेको विषयमा छानबिन समिति बनाउने नजिर बसाल्ने भए समिति गठनमा आफू तयार रहेको बताए ।