संसद गतिरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष बैठक सुरु

सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन बोलाएको बैठक सुरु भएको छ। सिंहदरबारस्थित सभामुखको प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ। आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बोलाएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल,  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका प्रमुख सचेतक पनि सहभागी छन्।

सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो।

संसदको वर्षे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ ।

संसदको आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सभामुखले संसदीय समितिका सभापतिहरू र सचेतकहरूसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकहरूसँग अलग अलग भेट गरिरहेका छन् ।

सभामुख निर्वाचित भएको १५ महिनामा सभामुखको पहलमा ९ पटक शीर्ष बैठक बसेको छ ।

Loading...