काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर, अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अहिलेकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ।

आयोगले नयाँ दलको मान्यता दिएलगत्तै उक्त पार्टीले संघीय संसद सचिवालयमा दल दर्ताको जानकारी दिएको थियो। त्यसपछि अध्यक्ष राईको अध्यक्षतामा बसेको संसदीय दल बैठकले अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो।
‘संसदीय दलको बैठकको निर्णयअनुसार प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय भएको छ,’ ।
प्रतिनिधि सभामा नवगठित जसपाका ७ जना सांसद हुनेछन् ।