सन्दीपलाई विश्वकप टी-२० खेलाउनुपर्ने उनका समर्थक र क्यानको माग चर्को

काठमाडौं । नेपालले टी-२० विश्वकपका लागि टीम घोषणा गरेसँगै समर्थकहरूले स्पिनर सन्दीप लामिछानेको न्यायका लागि आवाज उठाउन थालेका छन् । १५ सदस्यीय टोलीमा सन्दीप छुटेपछि सामाजिक सञ्जालमा समर्थकहरूको चर्को आक्रोश देख्न सकिन्छ ।

अदालतमा मुद्दा विचाराधीन भएका कारण सन्दीप विश्वकप खेल्ने टीममा पर्न सक्ने अवस्था थिएन । यद्यपि, उनको ढोका पूर्णरुपमा बन्द भइसकेको छैन । अदालतले समयमै फैसला गरेर उनलाई आरोपमुक्त गरेमा पहिलो पटक विश्वकपमा नेपालका स्टार खेलाडी सन्दीपको बलिङ हेर्ने समर्थकहरूको चाहना पूरा हुन सक्छ ।

उच्च अदालतले सन्दीपलाई सफाइ दिएको खण्डमा अन्तिम क्षणमा भए पनि उनलाई समेट्ने क्यानको योजना छ । सन्दीप स्वयम् पनि यही आशामा रहेका छन् । यही आशामा उनले आफ्नो फिटनेसलाई पनि मेन्टेन गरेर राखेका छन् ।

तर, क्यानले चाहेर मात्रै हुने अवस्था छैन । सन्दीपको विश्वकप यात्रा मात्र नभएर उनको सिंगो करिअर नै अदालतको हातमा छ । यसअघि उनलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेर ८ वर्षको फैसला सुनाएको थियो । उक्त फैसला उच्च अदालतले उल्टाउने आशा सन्दीप, उनका समर्थक र क्यानले लएका छन् ।

कुनै पनि न्यायाधीश सन्दीपको मुद्दा हेर्नलाई हिम्मत देखाइरहेका छैनन् ।

NAVJEEVAN

कयौंपटक स्थगन भएर बल्लतल्ल मुद्दाको फैसला भयो । न्यायाधीश शिशिर ढकालले सन्दीपलाई दोषी ठहर्‍याएका थिए । तर, उनले बाह्य प्रभावमा परेर बिना प्रमाण फैसला गरेको भन्दै चर्को विरोध भएको थियो । उक्त फैसलालाई सच्याउने वा नसच्याउने अब उच्च अदालतको हातमा छ ।

यदि उच्चले पनि सोही फैसला सदर गर्‍यो भने सन्दीपले विश्वकपमा जान मात्र होइन, क्रिकेट खेल्न पनि वञ्चित हुनुपर्ने छ । उनीले अन्तिम विकल्पका रूपमा सर्वोच्च अदालतमा जान सक्नेछन् । सर्वोच्चले मुद्दा किनारा नलगाउन्जेल जेल जानु भने पर्दैन । यदि, सन्दीपले सफाइ पाए भने पनि सरकारी पक्ष सर्वोच्च जाने पक्का जस्तै छ । त्यसैले यो मुद्दाको अन्तिम छिनोफानो सर्वोच्चबाटै हुने हो ।

उच्चमा सन्दीपको मुद्दा सुनवाइ चार पटक स्थगित भइसकेको छ ।  यो एउटा औपचारिक प्रक्रिया भएकाले प्रश्न उठाउने ठाउँ छैन । तर, त्यसपछिका तीनवटा सुनवाइ स्थगित हुनुमा कुनै औचित्यपूर्ण कारण थिएन । न्यायाधीशहरुले मुद्दाको फैसला आफूबाट पन्छाउन चाहेका छन् ।

दोस्रो पेसीमा गौशाला २६ को जन्ममिति सम्बन्ध कागजात स्थानीय तहबाट फेर मगाउने आदेश दिएर न्यायाधीशले सुनवाइ टारिदिएका थिए । तेस्रो पेशी समयाभावको कारण भन्दै ‘हेर्न नभ्याइने’ मा राखियो । जबकि अदालतसँग मुद्दाको सुनवाइ सुरु गर्न पर्याप्त समय थियो । न्यायाधीशले ठाडै ‘मुद्दालाई हेर्दाहेर्दैमा नराख्ने’ अडान लिएर सुनवाइ सुरु गर्न इन्कार गरेका थिए ।

चौथो पेसी पनि उच्च अदालतका मुख्य न्यायाधीशसमेतको इजलासमा परेको थियो । तर, उनले आफूले हेर्न नमिल्ने भनेर पन्छाएका छन् । झगडिया झिकाउने आदेश आफूले नै दिएको हुँदा स्वार्थको द्वन्द्व उत्पन्न हुने उनको तर्क छ । यद्यपि, उनले हेर्न चाहेको भए कानूनतः कुनै पनि अड्चन थिएन ।

सन्दीपको अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ । उक्त दिन पनि मुद्दाको सुनवाइ होला भनेर ढुक्क हुने अवस्था छैन । तर, सामाजिक सञ्जालमा बढिरहेको दबाबले पक्कै पनि न्यायमूर्तिहरुलाई छोएको हुनुपर्छ ।

थुप्रै चर्चित व्यक्तिहरूले पनि खुलेर सन्दीपको पक्षमा आवाज उठाउन थालेका छन् । अदालतले समयमै फैसला गरेर सफाइ दिएमा सन्दीपले विश्वकप खेल्ने सम्भावना अझै जीवित छ ।

Loading...