पेट्रोलियम र विद्युत विकल्पको रुपमा भविष्य हाइड्रोजनको हो : डा. विराजसिंह थापा

काठमाडौं । गत चैत १८ गते काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलो पटक हाइड्रोजन उत्पादनको सफल परीक्षण गरेको थियो । नेपालमा पहिलो हाइड्रोजन कार भित्र्याएको काठमाडौं विश्वविद्यालयले उक्त परीक्षणबाट पहिलो पटक हाइड्रोजन हालेर कार चलाएको थियो ।

नेपाल हाइड्रोजन बनाउन अहिलेसम्मकै बढी सम्भावना भएको देशमा पर्छ । जसको प्रमुख कारण यहाँको जलविद्युत हो ।

अहिले सरकारले हाइड्रोजन प्रविधिका लागि कानूनी व्यवस्था गरेको छैन । विश्वभर डिजेल/पेट्रोलको विकल्पको रुपमा रहेको हाइड्रोजन नेपालमै उत्पादन भई प्रयोगमा आउने आशा पलाएको छ । नेपालमा हाइड्रोजन उत्पादनको सम्भावना, अवस्था र कानूनी बाटोलगायतका विषयमा काठमाडौं विश्वविद्यालयका नेपाल हाइड्रोजन इनिसियटिभ्सका परियोजना प्रमुख तथा एसोसिएट प्रा.डा. विराजसिंह थापाल‍‍े भन्नुभयो , हाइड्रोजनको प्रविधिमा सर्वसाधारणदेखि व्यवसायीहरुसम्मले चासो देखाएका छन् । हामीले भर्खर सम्पन्न भएको हाइड्रो एक्स्पोमा पनि हाइड्रोजन गाडीप्रति सबैले चासो देखाएको पायौं । जुन प्रोत्साहन गर्ने खालको उपस्थिति र चासो हामीले पायौं ।

Loading...