निर्वाचन आयोगले अशोक राईलाई दियो नयाँ दल दर्ताको प्रमाणपत्र : दर्ता नम्बर १९८ रहेको

काठमाडौं । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई नयाँ दल दर्ताको प्रमाण पत्र दिएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलगिएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ , बनेको  जसपाको दल दर्ता नम्बर १९८ रहेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी उक्त प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ ।

वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित हिजो आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।

‘राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावलीको नियम ५ बमोजिम जनता समाजवादी पार्टी (जनता समाजवादी) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको छ,निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले बताए ।

जनता समाजवादी पार्टी दल दर्ताको जानकारी जनता समाजवादी पार्टी नेपाललाई दिने र संघीय संसद एवं प्रदेश सभा तथा जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराउने निर्णय पनि आयोगले गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले बताए ।

 

Loading...