चालु आव ८०-८१ मा धनगढी उपमहानगरद्वारा २३ करोड भन्दा बढीको राजस्व सङ्कलन

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले रु २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाले चालु आव २०८०÷८१ को साउनदेखि चैत मसान्तसम्म सो राजस्व सङ्कलन गरेको हो ।

सम्पत्ति करबाट रु दुई करोड ९१ लाख ५० हजार, भूमि कर रु ८२ लाख ८५ हजार, बहाल कर रु ५ करोड ३७ लाख ८८ हजार, बहाल विरौटी कर रु ११ लाख ८७ हजार, सवारीसाधन कर रु ४ लाख ३२ हजार र अन्य करबाट रु ४ लाख ७८ हजार राजस्व सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी सम्पत्ति बहालबाट प्राप्त आय रु ६८ लाख ५ हजार, अन्य सेवा शुल्कबाट रु २४ लाख ७९ हजार, शिक्षा क्षेत्रको आम्दानी रु १३ लाख ४४ हजार, पार्किङ शुल्कबाट रु ५२ लाख ९७ हजार, नक्सा पास दस्तुरबाट रु २ करोड २७ लाख ७७ हजार, सिफारिस दस्तुरबाट रु १ करोड ३२ लाख २७ हजार राजस्व सङ्कलन भएको छ ।

त्यस्तै व्यक्तिगत घटना दर्ता दस्तुर रु १० लाख सात हजार, नाता प्रमाणित दस्तुर रु ३ लाख ६१ हजार, अन्य दस्तुरबाट ७ लाख ५६ हजार, प्रशासनिक दण्ड जरिवानाबाट रु ४४ लाख ११ हजार, व्यवसायबाट रु तीन करोड १७ लाख २६ हजार, अन्य राजस्व रु ४ करोड ९९ लाख ५२ हजार, बेरुजुबापत रु ५ लाख ८६ हजार, सामुदायिक वनबाट प्राप्त आय रु ३२ हजार र विज्ञापन करबाट रु ५ हजार राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । करको दायरा बढ्दै जाँदा राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको शाखा प्रमुख ओझाको भनाइ छ ।

शाखा प्रमुख ओझाले भन्नुभयो, “प्रत्येक वर्ष करको दायरा बढ्दै जान्छ, आगामी आवमा पनि करको दायरा बढ्छ, तर करको दर भने यथावत रहन्छ ।”

गत आव २०७९/८० मा उपमहानगरपालिकाले कूल रु २७ करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ ।

Loading...