कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्ता कृष्ण हमाल

सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन् । हमाललाई मुख्यमन्त्री यामलाल कँडेलले सोमबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

नवनियुक्त मुख्य न्यायाधिवक्तामा हमालले पद तथा गोपनियताको शपथसमेत लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारको रोहवरमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश लोहितचन्द्र शाहले शपथ ग्रहण गराएका छन् ।

२०४३ सालदेखि वकालतमा लागेका हमाल २०७३ मा वरिष्ठ अधिवक्ता बनेका हुन् ।

Loading...