धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको छ।
धितोपत्र बोर्डका एक सञ्चालकले भने, ‘जेठ १ गतेदेखि लागु हुने गरी यस्तो निर्णय भएको हो। तर यसमा सबै सञ्चालकको हस्ताक्षर हुन बाँकी छ।’

‘ब्रोकर कमिसन घटाउने विषयमा केही प्राविधिक कारण आएकोले निर्णय हुन नसकेको हो,’ बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले भने। उनले प्राविधिक कारण के हो भन्ने कुरा खुलाउन चाहेनन् धितोपत्र बोर्डमा अध्यक्ष नभएकै कारण यो निर्णय हुन सकिरहेको थिएन। आइतबार अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक रितेश शाक्यसमेत उपस्थित रहेको बैठकले यस्तो निर्णय गरेको हो। शाक्य अहिले धितोपत्र बोर्डको अध्यक्षको हैसियतमा समेत छन्।
संशोधनले धितोपत्र ऐनले बोर्डको अध्यक्षको पदावधि सकिएको अवस्थामा, सरकारले हटाएमा वा निलम्बन गरेको अवस्थामा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने कर्मचारीले नै धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्न सक्ने व्यवस्था गरेको छ।
धितोपत्र बोर्डले यसअघि गरेको अध्ययन अनुसार नै हालको शुल्कमा १० प्रतिशत घटाउन अर्थमन्त्रालयले अनुमति दिएको हो।