माधव नेपालले बोलाए संसदीय दलको बैठक, नेकपा एस असन्तुष्ट

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् । बिहान ११ बजेका लागि बैठक बोलाइएको नेकपा एसका  सदस्यले जानकारी दिए ।

जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि विकसित घटनाक्रमबारे छलफल गर्न नेपालले आज अपराह्न दलको बैठक बोलाएका हुन् । नेकपा एमालेबाट अलग भएर माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेका थिए ।

नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएको नेताहरुले बताएका छन् ।

उपेन्द्र यादवसहित यो गठबन्धन छाडेर वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बन्ने प्रयासमा तत्काल अवरोध भएपछि नेता नेपाल चिन्तित छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अहिलेको सत्ता समिकरणबाट निकाल्न प्रधानमन्त्रीलाई संकेत गरिसकेका छन् ।

उपेन्द्र यादवलाई पनि उपप्रधानमन्त्रीबाट हटाएर उनको ठाउँमा विभाजित जसपाका सांसदलाई मन्त्री बनाउने तयारी छ ।

नेकपा एसभित्र यहि सरकारमा बस्नुपर्छ भन्ने र बाहिर रहनुपर्छ भन्ने दुवै मत बलियो रुपमा प्रकट भइरहेका छन् । नेकपा एसभित्र यहि सरकारमा बस्नुपर्छ भन्ने र बाहिर रहनुपर्छ भन्ने दुवै मत बलियो रुपमा प्रकट भइरहेका छन् ।

एकातिर सांसदहरु नेपालसँग असन्तुष्ट भएर विभिन्न ठाउँमा संवादमा छन् भने अर्कोतिर झलनाथ खनाललगायतका नेताहरु एमाले र माओवादीसँगै समीकरणमा रहनुपर्छ भनेर लबिङमा छन् ।

 

Loading...