डेढ दर्जन बैंक तथा वित्तीय संस्थामाथि राष्ट्र बैंकले करोडाैभन्दा बढी जरिवानाकाे डन्डा चलायो

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा करिब डेढ दर्जन बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । आफ्नो नीति निर्देशन नमानेपछि राष्ट्र बैंक एक्सनमा उत्रिएको छ ।

साउनदेखि चैतसम्म १६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्दा ११ वाणिज्य बैंक परेका छन् । वाणिज्य बैंकहरु नेपालका ठूला भनिने ‘क’ वर्गका हुन् । हाल नेपालमा २० वटा वाणिज्य बैंक सञ्चालनमा छन् । यस अवधिमा ४ वटा विकास बैंक र एउटा फाइनान्स पनि राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।

हिमालयनलाई साढे १ करोडभन्दा बढी जरिवाना र लक्ष्मी सनराइज र सञ्चालकलाई ८० लाख जरिवाना नेपाल राष्ट्र बैंकले गरेकाे छ। सहुलियतपूर्ण कर्जा घोटालामा एनएमबीका सीईओलाई समेत सचेत गरेकाेल छ। एनएमबी बैंकले सहुलियतपूर्ण कर्जामा घोटाला गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

ग्राहकसँग बढी ब्याज लिएको भन्दै राष्ट्र बैंकको कारबाहीमा एनआईसी एसिया बैंक पनि परेको छ। एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गरी नबिलले उठायो कर्जामा १.५ प्रतिशत बढी एडिसनल रिक्स प्रिमियम असुल गरेको,संस्थागत मुद्दती निक्षेपमा ग्राहकहरुलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएको लगायतको गतिविधि गरेको पाइएको हो । नबिलका सीईओ ज्ञानेन्द्र ढुंगानालाई राष्ट्र बैंकले सचेत गराएको छ ।

सिटिजन्स बैंकले निर्देशनबमोजिम कर्जासापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश पोखरेललाई राष्ट्र बैंकले सचेत गराएको छ ।

ग्लोबल आईएमई बैंकले व्यवस्थाविपरीत प्रिमियमदर बढाएर ग्राहकहरुबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न दिइएको निर्देशन कार्यान्वयन नगरेको राष्ट्र बैंकले जनाएको छ । आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई नसिहत दिइएको छ ।

प्रभु बैंकले पनि कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानीवापत कायम गर्नुपर्ने व्यवस्था नगरेको, प्रिमियमदर वृद्घि गरी व्याज असुलउपर गरेको नियमनका क्रममा देखिएको राष्ट्र बैंकले जनाएको छ । प्रभु बैंकको सञ्चालक समितिलाई समेत सचेत गराइएको छ ।

प्राइम कमर्सियल पनि कारबाहीमा परेकाे छ, कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीवापत कायम गर्नुपर्ने व्यवस्था पालना नगरेको, राष्ट्र बैंकले जनाएको छ ।

कुमारी बैंकले पनि निर्देशनविपरीत आधा दर्जन काम गरेको देखिएको छ । कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीवापत कायम गर्नुपर्ने व्यवस्था पालना नगरेको, हुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ विपरीत ब्याज अनुदान दिएकाले कुमारीको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

इन्भेस्टमेन्ट मेगा आधारदर गणना गर्दा संस्थागत सामाजिक उत्तरदायित्ववापतको खर्चलाई समेत समावेश गरी आधारदर गणना गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । पूँजी कोष गणना गर्दा केही कर्जाहरुको जोखिमभारित सम्पत्तिलाई कम देखाइ पूँजी कोष गणना गरेको देखिन्छ । यस्तो नगर्न नगराउन बैंकका सीईओलाई राष्ट्र बैंकले सचेत गराएको छ ।

चार वटा विकास बैंक कारबाहीमा परेकाे छ, मुक्तिनाथ, गरिमा, लुम्बिनी र एक्सल डेभलपमेन्ट बैंक पनि राष्ट्र बैंकको कारबाहीमा परेका छन् । मुक्तिनाथले राष्ट्र बैंकलाई १० लाख रुपैयाँ जरिवाना तिर्नुपरेको छ, भने गरिमा, लुम्बिनी र एक्सल डेभलपमेन्ट यी ३ बैंक वटा लाईराष्ट्र बैंकले सचेत गराएको हो ।

 

Loading...