दोदा नदीमा डुबेर दुई किशोरको मृत्यु २ घाइते

कञ्चनपुर , बेलौरी :  कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् ।

NAVJEEVAN

शनिबार अपराह्न गर्मी छल्न दोदा नदीमा पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका ७ , शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको घटनास्थलमै मृत्यु भएको र शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जनाएका छन ।

घाइतेमध्ये एक जनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुवै शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा राखेको जनाएको छ ।

Loading...