पेट्रोलियम पदार्थको खरिद मूल्य नै, किन लुकाउँछ नेपाल आयल निगम ?

काठमाडौं । निगमले वैशाख १८ गते सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा भारतबाट आएको मूल्य अनुसार नै स्वचालित प्रणाली लागू भएको देखिदैन ।

सो दिन निगमद्वारा सार्वजनिक सूचीमा इण्डियन आयल कपोर्रेसनबाट नयाँ खरिद मूल्यअनुसार पेट्रोल मूल्य २ पैसा र डिजेलको मूल्य २.४५ प्रतिलिटर घटेर आएको भनेको छ । भने, हवाई इन्धनको मूल्य १. १८ पैसा मूल्य बढेर आएको बताएको छ । तर, यो विज्ञप्तिमा मट्टितेल, ग्यास र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढेको हो वा घटेको हो खुलाइएको छैन । अन्तर्राष्ट्रिय हावई इन्धनको भने मूल्य वृद्धि भएको छ ।

निगमले वैशाख १८ मा सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य भारतबाट २ पैसा घटेर आएको थियो । तर, मूल्य पुरानै कायम भएको थियो । भने, डिजेलको मूल्य २.४५ प्रतिलिटर घटेर आएको भएपनि २ रुपैयाँ मात्रै प्रतिलिटर मूल्य घटाइएको छ । निगमले नयाँ मूल्य सार्वजनिक गर्दा अन्तर्राष्ट्रिय हावई इन्धनको मूल्यवृद्धि भएर आएको उल्लेख नै नगरी प्रतिकिलो टिलर अमेरिकन डलर ७ ले वृद्धि गरिएको छ ।

निगमले पेट्रोल र डिजेलको मात्रै मूल्य यति बढेर आएको वा घटेर आएको मात्रै भनेर नयाँ मूल्य सूची सार्वजनिक गरिरहेको हुन्छ । स्वचालित भनेको बढेको या घटेको मूल्य नै लागू हुनुपर्ने हो । तर, त्यसमा केही थपघट गरेर मात्रै नयाँ मूल्य सार्वजनिक गरिरहेको छ । यसो गर्दा निमगले आफू फाइदामा जाने बाटो हेरेरमात्रै मूल्य तलमाथि गरिरहेको छ ।’

Loading...