नेकपा (एमाले) पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन

वीरगञ्ज, पर्सा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन हुनुभएको छ । नेकपा (एमाले) पर्सा जिल्लाको नवौँ अधिवेशनबाट शर्मा निर्विरोधरुपमा चयन हुनुभएको हो ।

नवौँ अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दाबी गर्नुभएको थियो । तर अन्तिम समयमा आएर अध्यक्षका दुई प्रत्यासी जयप्रकाश थारु र हनिफ मियाँले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा अध्यक्षमा चयन हुनुभएको हो । पाँच पदाधिकारीसहित एक सय २७ सदस्यका लागि निर्वाचन हुन लागेको हो । अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदाधिकारी पदमा भने शुक्रबार निर्वाचन हुने कार्यतालिका छ ।

NAVJEEVAN

एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव पदका लागि भने शुक्रबार मतदान हुने कार्यक्रम रहेको प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले बताउनुभयो । उपाध्यक्ष पदमा लालबाबु शेख र मनोज गुप्ताको उम्मेदवारी परेको छ । सचिव पदमा महेश दास र नवराज शर्माको उम्मेदवारी परेको छ । पर्सा जिल्लामा १४ वटा पालिका छन् । तीमध्ये ११ पालिकाबाट जिल्ला सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

एमालेको ९ औं जिल्ला अधिवेशन गत सोमबारदेखि सुरु भएको थियो । सोमबार उद्घाटन सम्पन्न भएपश्चात सुरु भएको बन्दसत्र पछि नयाँ कार्य समिति निर्वाचनका लागि विभिन्न प्रकृया अपनाइरहिएको छ । निर्वाचन गर्नै नपरोस् भनी अगुवा नेताहरुले सर्वसम्मतका लागि निरन्तर प्रयास जारी राखेका छन् ।

पालिकाबाट जिल्ला सदस्य पदमा अहिलेसम्म सर्वसहमत हुन सकेको छैन । एमालेको नवौँ जिल्ला अधिवेशन सोमबार उदघाटनसत्र भएको थियो । अधिवेशनको मङ्गलबार बन्दसत्र सकिएसँगै निर्वाचन प्रक्रिया अघि बढेको थियो ।

Loading...