भारत उत्तराखण्डको डढेलोमा परेर बझाङका २ युवाको मृत्यु

भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली  युवाको मृत्यु भएको छ। बझाङको छबिसपाथिभेरा गाउपालिका–६ का अन्दाजी ३० वर्षीय ज्ञानु चलाउने र त्यही गाउँपालिका ३० वर्षीय दीपक पुजाराको मृत्यु भएको हो।

NAVJEEVAN

उत्तराखण्डको पात्ली बगर भन्ने ठाउँको जंगलमा सल्किएको डढेलोमा परेर ज्ञानु चलाउने रदीपक पुजारा को मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। उनीहरू त्यहाँ खटो निकाल्ने मजदुरीको काम गर्दै आएका थिए । मजदुरी गरेर परिवार पालिरहेका उनीहरूको निधन भएपछि परिवार समस्यामा परेका छन् ।

यसैबीच, पछिल्लो समय गर्मी बढेसंगै आगलागी र डढेलोका घटनामा वृद्धि भएको छ ।आगलागी र डढेलो मानवीय त्रृटिका कारण बढी हुने गरेकाले सबैले सचेतता अपनाउनुपर्ने जरुरी छ ।

Loading...