सर्लाहीको बाराउद्योरणमा भिषण आगालागीबाट ७५ घर जले, लाखौँ काे क्षति

सर्लाही : सर्लाहीको विष्णु गाउँपालिका– १, स्थित बाराउद्योरण गाउँमा आगलागी हुँदा ७५ वटा घर जलेका छन्। स्थानीय शत्रुघन राउतको घरमा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा  टोलमा आगो फैलिएको जिल्ला प्रहरी कार्याल सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। दिउसो १ बजेतिरबाट सुरूभएको आगो स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बारुणयन्त्र, चापाकलको पानीको सहारामा करिब चार घण्टापछि निभाइएको समेत जिल्ला प्रहरी कार्यालस सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले  बताए ।

उनका अनुसार फुसको घरबाट सल्किएको आगो एकपछि अर्को घर हुँदै सिंगो गाउँमै फैलिएको थियो। आगोमा झुल्सिएका कयौँ घरहरूमा पनि लगातार ग्यास सिलिन्डर बिस्फोट भएको थियो। आगलागीमा परेका घरहरुमा अन्नपात, लत्ताकपडा, भाँडावर्तन, कागजात, पैसा लगायतका सामग्री नष्ट भएको छ।

NAVJEEVAN

भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपयासमेत जलेका र क्षतिको विवरण आइनसकेको बताए । विष्णु गाउँपालिकामा दमकल छैन, अर्को गाउँपालिकाबाट बोलाएको समयमा आएनः प्रहरी कार्याल सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

ती घरहरुमा भएको क्षतिको विवरण अहिले संकलन भइरहको डिएसपी श्रेष्ठले बताए।

समयमा आगो निभाउन दमकल नपुगेका कारण बढी क्षति भएको प्रहरीले जनाएको छ। आगलागी भएको विष्णु गाउँपालिकामा दमकल छैन। मलंगवा नगरपालिकाले दमकल बिग्रेको बताएको र हरिवनका दमकल अर्को ठाउँमा लागेको आगो निभाउन गएकाले ढिलो दमक पुगेको डिएसपी श्रेष्ठले बताए। प्रदेश प्रहरी कार्यालय जनकपुरबाट आगलागी भएको करिब चार घण्टापछि मात्रै दमकल पुगेको थियो।

‘भारतबाट पनि दमलक बोलाएका थियौं तर उतापनि आगलागी भएपछि उनीहरु बाटोबाटै फर्के,’ डिएसपी श्रेष्ठले भने।

Loading...