‘ सुकुम्वासी बस्ती हटाउने होइन त्यसको व्यवस्थापन गर्नुपर्छ ‘: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली

काठमाडौं :  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी बस्ती भत्काउने काम नगर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन्। सुकुम्वासीलाई आवास व्यवस्थापन गर्न अध्यक्ष ओलीले महानगरलाई सुझाव दिए। उनले सुकुम्वासी समस्या समाधान गर्न तीनै तहका सरकारले जोड दिनुपर्ने बताए। 

‘सुकुम्वासी बस्ती हटाउने होइन त्यसको व्यवस्थापन गर्नुपर्छ,’ नेपालले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘जहासुकै जाउ, जेसुकै गर, खाए खाउ, नखाए मर भन्ने सरकार हुँदैन।’ सुकुम्वासीका प्लाष्टिक हालेका छाप्रा रहेको र त्यो पनि भत्काउन डोजर लगिने गरेको उनको भनाइ छ।

‘सुकुम्वासीका प्लाष्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ ? कर्कला फाँड्न बञ्चरो लिएर जाने ? सुकुम्वासीको समस्या समाधान गर्नुपर्‍यो,’ ‘ सुकुम्वासी बस्ती हटाउने होइन त्यसको व्यवस्थापन गर्नुपर्छ ‘, ‘डोजर देखाउने होइन सुकुम्वासीलाई ,गरिबकै छाप्रा भत्काउन नलगाऔं, व्यवस्थापन गरौं।’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भने ।

नगरपालिकासँग पैसा छ भने सुकुम्वासी बस्तीको एउटा छेउमा घर बनाउन सकिने पनि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताए । उनकाअनुसार काठमाडौं उपत्यकाभित्र ४८ सय सुकुम्वासी परिवार छन्। उनले सुकुम्वासीमाथि ज्यादती भयो भने उनीहरू प्रतिरोधमा उत्रने पनि बताए।

‘त्यसकारण ज्यादती सुकुम्वासीमाथि नगरौं। कहीँ हेप्ने मानिस भेटिएन अनि सुकुम्वासीलाई हेप्ने ? थर्काउने, तर्साउने कहीँ भेटिएन अनि छाप्रामा गएर सुकुम्वासीको लालाबाला तर्साएर कुन बहादुर हुन्छ ?,’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भने।

Loading...