नेपालले पहिला फिल्डिङ गर्दै

नेपालले चौथो टी २० खेलमा वेस्टइन्डिजसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालबाट कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, प्रतिश जिसी र सन्दीप जोरा खेल्दै छन् ।

Loading...