जुनारको जुस बिक्री बढ्यो , दैनिकरुपमा लाखौको आम्दानी

रामेछाप : गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । विशेष गरी काठमाडौँ र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजानका लागि बढी बिक्री हुने गरेको यो स्क्वास दैनिक जिल्लामा भएका दुईवटा उद्योगबाट गरी झण्डै करिब साढे तीन लाखको हाराहारीमा बिक्री हुने गरेको उत्पादक बताउँछन् । जिल्लामा डिलक्स एग्रो फरेस्ट्री प्रोडक्ट प्रालि र मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि नामका दुई वटा स्क्वास उद्योग रहेका छन् ।

उनीहरुले जुनारका अलावा, कागती, किवी, अमला र बेलका जुस पनि उत्पादन गर्ने गरेका छन् । जिल्लामा जुनारको स्क्वास प्रतिलिटर रु एक सय ५० किवीको प्रतिलिटर रु दुई सयमा बिक्री हुने गरेको छ ।

NAVJEEVAN

स्क्वास रामेछाप जिल्ला सदरमुकाम मन्थलीलगायत जिल्लाका विभिन्न बजार केन्द्र, सिन्धुलीको खुर्कोटलगायतका विभिन्न बजार केन्द्र, दोलखा, ओखलढुङ्गा, काठमाडौँ, ललितपुर भक्तपुर र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजाने गरेको र दैनिकरुपमा दुवैजनाको कम्पनीबाट गरी रु तीन लाख ५० हजारको बिक्री हुने गरेको डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक रामबाबु गिरीले बताए ।

सञ्चालक लोकेन्द्र श्रेष्ठले भने, “बाहिरका मल्टिनेसनल कम्पनीबाट उत्पादित ड्यु, कोक फेन्टाजस्ता पेय पदार्थलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई बिक्री वितरणमा राज्यले सहज बनाई सहयोग गर्ने हो भने यसको बिक्री अझै बढ्ने थियो । तर आफूजस्ता युवा उद्यमीलाई राज्यले कुनै सहयोग नगरेको आरोप पनि उनले लगाए “।

स्थानीयस्तरमै पाइने जुनार, कागती, किवी अमला, बेलको झोललाई आवश्यक कच्चा पदार्थ प्रयोग गरी स्क्वास बनाउने गरिएको छ ।

 

Loading...