निजी कम्पनी उद्घाटन गर्न दाङबाट साइरन बजाउँदै बुटवल : मुख्यमन्त्री महरा उद्घाटमै व्यस्त

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा बजेट तयारीमा जुट्ने समयमा साना साना कार्यक्रम उद्घाटनमै समय बिताउन थालेका छन् । उनले मुख्यमन्त्री कार्यालयबाहेक अर्को मन्त्रालय पनि आफैँ राखेका छन् तर यो महत्वपूर्ण समयमा पनि उनी कार्यक्रम उद्घाटनमै समय बिताउन थालेका छन् ।

NAVJEEVAN

“अहिले प्रदेशका विभिन्न जिल्लामा आगलागीलगायतका विपदका घटना बढिरहेका छन् , गतवर्षको बजेट कार्यान्वयनका लागि काम हुन सकेको छैन र नयाँ बजेटका लागि मन्त्रालयगत तयारी समयमा हुन सकेको छैन । तर मुख्यमन्त्री महरा यस्तो महत्वपूर्ण काममा नियमित अनुगमन र कार्यसम्पादन छाडेर बाहिरका कार्यक्रममा हिंड्नथालेपछि कर्मचारीले समेत असन्तुष्टि जनाउन थालेका छन् “।

सरकारले अहिले तीव्रगतिमा काम गर्ने समय हो, सरकार फेरबदल हुने संकेत भएपछि अघिल्लो सरकारले करिब दुई महिना कामै नगरी सकाएको थियो, नयाँ बजेटको उस्तै तयारी गर्नुपर्ने हो तर मुख्यमन्त्रीको चासो कम भएको पाएका छौं’ मन्त्रालयका कर्मचारीले भने ।
मुख्यमन्त्रीले कम समय दिन थालेपछि अन्य मन्त्रीहरु समेत नियमित मन्त्रालयमा बस्ने र बजेट तयारीमा कम समय दिएको कर्मचारीको गुनासो छ ।

“निजी कम्पनी उद्घाटन गर्न दाङबाट साइरन बजाउँदै बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा”

बुधबार बिहान पत्रकार महासंघको प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि थिए मुख्यमन्त्री महरा । प्रदेशभरका पत्रकारहरु सहभागी थिए तर उनको सचिवालयले मुख्यमन्त्री जरुरी काममा निस्कनुपर्ने भन्दै सुरुमै समय मागे ।

हतारहतारमा अध्यक्ष बसन्त गिरीले महासचिव विक्रम खड्कालाई समय दिन लगाए र मुख्यमन्त्री महराले सम्बोधन गरेर तत्काल बाहिरिए । तर त्यसको केही समयमै उनी १ सय किलोमिटर टाढा बुटवलमा निजी कम्पनीको उद्घाटन गर्न अगाडि पछाडि साइरन बजाउँदै हिँडे । रुपन्देहीमा राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालन कार्यक्रमको उद्घाटन गर्न उनी बुटवलमा गएका हुन् । जसको पहिले नै अनौपचारिक उद्घाटन भएर संचालनमा आएको थिए । मुख्यमन्त्री महरा त्यो कार्यक्रममा सहभागी भएर तत्कालै पुनः अगुवापछुवा गाडी लिएर देउखुरी फर्केका थिए ।

Loading...