रविले सशस्त्र प्रहरी बलका १६ डीआईजीको सरुवा गरे

सशस्त्र प्रहरी बलका १६ जना नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा भएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट १६ डीआईजीहरुको सरुवा गरिएको हो ।

सरुवा सूची अनुसार कार्य विभागमा रहेका डीआईजी कमल गिरीको सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ ।

गणेशबहादुर ठाडा मगरको सीमा सुरक्षा विभागबाट नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा सरुवा भएको छ । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रहेका अभिकुमार खत्रीको नं. ५ बिन्ध्यावासिनी बाहिनी रुपन्देहीमा सरुवा गरिएको छ ।

कमलबहादुर नेम्बाङको मानव स्रोत विभागबाट नं. ४ मुक्तिनाथ बाहिनी कास्कीमा सरुवा गरिएको छ ।

Loading...