वेष्टइण्डिज ए का ओपनर जोनसन चार्ल्सले तेस्रो टी-२० खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका छन् । उनले ५५ बलमा ११ चौका र ६ छक्काको मद्दतमा शतक पूरा गरेका हुन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्ट इण्डिज ए ले १७ ओभरमा २ विकेट गुमाउँदै १८२ रन बनाएको छ । जोनसन ५६ बलमा १२ चौका र ६ छक्कासहित १०५ रनमा क्रिजमा छन् ।
ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका थिए । त्यो समय वेष्ट इण्डिज ३.१ ओभरमा २७/१ को अवस्थामा थियो । त्यसपछि भने नेपाली बलरले दोस्रो विकेट लिन १५.५ ओभर पर्खनु परेको थियो ।