सुदूरपश्चिममा आगलागीबाट पाँच करोड २० लाख बाराबारको क्ष्यति

धनगढीः सुदूरपश्चिममा आगलागीबाट पाँच करोड २० लाख बाराबारको क्ष्यति भएको छ सुदूरपश्चिममा आगलागीका घटना भयावह रुपमा बढ्न थालेको छ।

प्रदेशका नौवटै जिल्लामा एकपछि अर्को आगलागी हुन थालेको हो। आगलागीबाट ठूलो धनजनको क्षति भएको छ। अहिलेसम्म आगलागीबाट पाँच करोड २० लाख २७ हजार पाँच सय मुल्य बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ। अहिलेसम्म एक सय ९६ आगलागीका घटना भएको तथ्यांक सार्वजनिक भएको छ।

सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरण अनुसार साउनदेखि हालसम्म आगलागीमा परेर पाँच महिलासहित ९ पुरुषको मृत्यु भइसकेको छ। १३ महिलासहित २५ पुरुष घाइते भएका छन्। आगलागीबाट दुई सय २० परिवार प्रभावित बन्न पुगेका छन्।  अहिलेसम्म १९ घर पुर्ण र २९ घरमा आंशिक क्षति पुगेको छ।

Loading...